MENU

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज साँझ विज्ञप्ति मार्फत, बाँकेका दुई र कपिलवस्तुका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको हो ।

जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।

भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।