MENU

नेपालमा थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा थप ४२५ कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको परीक्षणमा आइतबार थप ४२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

आइतबार ६ महिलासहित ६१ जना उपचारपछि निको भएर घर फर्किएसंगै नेपालमा डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।