MENU

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७७ पुग्यो

काठमाडाै‌‌, नेपाल ।

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले, शुक्रबारको नियमित प्रेस ब्रिफिङमा संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेको जानकारी दिए ।

योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ ।

जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् ।

हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ ।

बितेको २४ घण्टामा २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।

हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।