MENU

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला १०५ र पुरुष ३५८ जना गरि थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ।

यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ ।

योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।

बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए ।