MENU

नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९५६१ पुग्यो

काठमाडाै,  नेपाल ।

नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबार नेपालमा ५ सय ३५ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ।

संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको गौतमले जानकारी दिए ।

नेपालमा रसुवाबाहेक बाँकी सबै ७६ जिल्लामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।