MENU

नेपालमा थप ७०७ जनामा संक्रमण पुष्टि संक्रमितको संख्या २९ हजार नजिक

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५ सय १५ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट आज थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ ।