MENU

थप ७६ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ७७

नेपालको प्रदेश २ मा बिहिबार थप ७६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार धनुषामा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ७७ पुगेको छ।