MENU

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

यसअघि बिहीबार नै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

यस्तै कोरोनाबाट नेपालमा तीन जनाको ज्यान गएको छ। सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको हो ।

यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ ।

आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो ।