MENU

नेपालमा थप ९ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकी सबै  बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको  मन्त्रालयले जनाएको छ ।