MENU

नेपालमा दैनिक दोहोरो अंकमा बढ्दै कोरोना संक्रमितको संख्या

नेपालमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमितको संख्या दोहोरो अंकले बढेर कुल संक्रमितको संख्या २४३ पुगेको छ ।

बुधबार थप २४ जनामा संक्रमण पुष्टि भएसंगै साँझ सम्म एकै दिन २६ जनामा संक्रमिण पुष्टि भएको हो ।


बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।

यसअघि बुधबारै दुई जनामा संक्रमण देखिएको थियो भने मंगलबार एकैदिन ८२ जनामा संक्रमण पुष्टि भएको थियो ।