MENU

नेपालमा बाढी पहिरो, सिन्धुपाल्चोकमा २ जनाको मृत्यु २० बेपत्ता

काठमाडौं, नेपाल ।

नेपालको सिन्धुपाल्चोक जिल्लास्थित बाह्रबिसेमा आएको बाढीमा परी २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

बुधबार रातिआएको बाढी र पहिरोले १५ घर बगाउँदा २ जनाको शव फेला परेको र २० जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता हुनेमा बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना छन् ।

बाह्रबिसे नगरपालिकाका भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ बेपत्ता भएको पुष्टि भएको छ ।

यसैगरी भोटेकोशी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् ।

निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।