MENU

नेपालमा बाढी र पहिरो एकैदिन २३ जनाको मृत्यु ३६ बेपत्ता

काठमाडौं, नेपाल ।

अविरल वर्षासँगै आएको बाढी पहिरोमा  नेपालका विभिन्न ८ जिल्लामा २३ जनाको मृत्यु भएको छ।

म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा गरि आज २३ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बाढी पहिरोका कारण आज २६ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएको गृहले जनाएको छ।

जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको ५ जना घाइते भएको र ५ जना बेपत्ता छन्।

कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन्।

म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन्।

लमजुङमा ३ जनाको ज्यान गएको छ, ३ जना घाइते भएका छन्।

रुकुम पश्चिममा २ जनाको ज्यान गएको छ १ जना घाइते भएका छन्।

गुल्मीमा एक जनाको ज्यान गएको छ।

यसअघि हिजो सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो।

२१ जना बेपत्ता छन्। त्यहाँ ७ जना घाइते भएका छन्।

बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।