MENU

नेपालमा मध्यराति भूकम्पको धक्का

नेपालमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।

राति झण्डै १२ बजेतिर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपास परेको केन्द्र बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

११ बजेर ५३ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक तथा काठामाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

मध्यराति भूकम्प गएकाले मानिसहरु त्रसित भएका छन् । कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन् ।