MENU

नेपालमा मापदण्ड पालना नहुँदा जोखिम बढेको ठहर, कोरोना देखिएका ठाउँमा सिल गरेर परीक्षण गरिने

काठमाडौं, नेपाल ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समिति सीसीएमसीले ठहर गरेको छ।

बिहीबार बसेको  सीसीएमसी निर्देशक समितिको बैठकले लक डाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँमा आवश्यकता अनुसार सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने उहाँको भनाई छ ।

भदौ १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिने निर्णय पनि सीसीएमसीले गरेको छ ।

त्यस्तै काठमाडौं प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गर्ने तयारी भएको छ ।