MENU

नेपालमा रहेका अष्ट्रेलियन नागरिक चाडै सिड्नी उड्दै, सिड्नीबाट नेपाली फर्किने विषयमा अझै अन्यौल 

 

नेपालस्थित अष्ट्रेलियन दुताबासले, यही वैशाख २४ गते अर्थात मे ६ का दिन काठमाडौंबाट अष्ट्रेलिया फर्किन चाहनेलाई चाडै दुताबासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

 

काठमाडौंस्थित अष्ट्रेलियन राजदूत पिटर बडले, सामाजिक संजालमा सन्देश पोष्ट गर्दै टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

 

 

 

 

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले, नेपाल एयरलान्ससंगको समन्वयमा आगामी मे ६ का दिन अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिकका लिएर एउटा विमान अष्ट्रेलियाको सिड्नी जान लागेको जनाएको छ । 

 

 

सिड्नीबाट नेपाली फर्किने विषयमा अझै अन्यौल

 

  

यसैबीच, अष्ट्रेलियास्थित नेपाली दुताबासले, नेपालबाट अष्ट्रेलियन नागरिक बोकेर जाने नेपाल एयरलाइन्सको जहाजमा नेपाली नागरिक फर्काउन नसक्ने प्रष्ट पारेको छ ।

 

एक अपिल प्रकाशित गर्दै, दुताबासले, अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक बोकेर सिड्नी आउन लागेको सो जहाज फर्किने बेला स्वदेश फर्कन पाउनुपर्ने भन्दै विभिन्न संचारमाध्यम, सामाजिक संजाल, टेलिफोन तथा इमेलबाट माग भइ आए अनुसार नेपाल सरकार समक्ष जानकारी गराएको उल्लेख छ।

 

त्यस्तै विश्वभर फैलिएको कारोना भाइरसको महामारी कारण उत्पन्न असहज परिस्थितीमा स्वदेश फर्किने नेपालीहरुलाई व्यवस्थापनमा समस्या हुने र परिवार तथा समुदायको स्वास्थ्यमा समेत जोखिम हुने दुतावासको अपिलमा लेखिएको छ ।

 

दुतावासले यस परिस्थितिमा खाना तथा बस्न केही समस्या भएमा दुतावासमा सम्पर्क गर्न अनुरोध गर्दै तत्कालका लागि आफू बसेको ठाउँमै सुरक्षित रहन आह्वान गरेको छ ।