MENU

नेपालमा पीडादायी कालखण्ड इतिहास बन्यो : प्रधानमन्त्री ओली (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपालमा राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धीको ढोका खोलेको समेत बताएका हुन्।

सन्देशमा प्रधानमन्त्री ओलीले गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार अस्वीकार्य हुने समेत बताउनु भएको छ ।

कोरोना महामारीले हालसम्म कै कठिन मोडको सामना गर्नु परेको भन्दै उहाँले, यो चुनौति सामना गर्न सबैको सहयोगको खाँचो औल्याउनु भयो ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश(भिडियो)