MENU

नेपालमा लकडाउन १५ दिन थप

सरकारले, जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले, लक डाउनको अबधी १५ दिन थपेको हो । यसअघिको लक डाउन, ५ गतेसम्मका लागि थियो । मुलुकमा गएको चैत ११ देखि लक डाउन जारी छ ।

बैठकमा, लक डाउनको ‘मोडालिटी’ परिवर्तनबारे पनि छलफल भएको, सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन ।

बैठकले, कोरोनाका कारण मृत्यु समेत हुन थालेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकथामको उपयुक्त विकल्प लकडाउन नै भएको निष्कर्ष निकाले उनको भनाइ छ ।

लक डाउनका कारण सम्भावित संक्रमणलाई नियन्त्रण राख्न धेरै सफल भएको निश्कर्ष समेत बैठकले निकालेको उनको भनाइ छ ।