MENU

नेपालमा लक डाउन लम्बिने संकेत तराईका जिल्लाहरुमा थप कडाई गरिने

काठमाडौँ उपत्यकाको लकडाउन तत्कालै खुकुलो नहुने भएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौंको लक डाउन खुकुलो बनाउन नहुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।

देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा तराईका अन्य जिल्लाहरुमा पनि लकडाउन पूर्वरुप रुपमै कायम राख्न समितिको सिफारिस छ।

पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ। समितिको यो सिफारिस माथि भोली बस्ने मन्त्रिपरिषद्ले आवश्यक छलफलपछि उपयुत्तक्त निर्णय गर्नेछ।