MENU

नेपालमा वैशाखसम्ममा ६७ अर्बले घट्यो रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले, अघिल्लो बर्षको तुलनामा यो बर्षको वैशाख महिनामा झण्डै ६७ अर्बले घटेको जनाएको छ ।

मंगलबार मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले, अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो बर्षको वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको जानकारी दिएको छ ।

२०७६ वैशाखसम्म आइपुग्दा रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेर ७५ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा रु. १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

२०७६ फागुनमा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा निरासाजनक रुपमा घटेर १ अर्ब ६० करोड मात्रै प्राप्त भएको छ ।

हाल कोरोनाका कारण पर्यटन व्यवसाय पुर्ण रुपमा ठप्प जस्तै छ भने यसको प्रत्यक्ष असर राष्ट्रिय आएमा परेको छ ।