MENU

नेपालमा संक्रमितको संख्या ५०० नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

शुक्रबार थप २० जनामा संक्रमण पुष्टि संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेलधुराको पराशुराम(१० का २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए

त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

एक जना राप्तीसोनारी गाउँपालिकाका र १३ जना नरैनापुरका भएको उनले बताए। त्यस्तै मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले बताए।

कोरोनाका कारण नेपालमा ३ जनाको ज्यान गएको छ ।