MENU

नेपालमा संक्रमितको संख्या १८०० नाघ्यो

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कारोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

यसअघि सोमबारै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सोमबार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सोमबार दैलेखमा मात्रै थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, यस्तै कपिलवस्तुमा ४०, सर्लाहीका ३८, जुम्लामा १९, रौतहटमा १८ तथा कैलालीमा १४ संक्रमित थपिएका छन् ।

त्यस्तै, सल्यानका १० जनामा संक्रमण पुष्टि भएको छ भने दाङका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

बाँकेमा ७ जना, धनुषामा ७ , सुर्खेत बराहतालका ५ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण क्वारेन्टिनमा रहेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

महोत्तरी, झापा र नवलपरासी पूर्व कावासोतीका २ जनामा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।