MENU

नेपालमा संक्रमितको संख्या बढ्दो एकैदिन ६७१ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ ।

बिहिबार  एकैदिन थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको गौतमले जानकारी दिए ।

हालसम्म १ हजार १ सय ८६ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।