MENU

नेपालमा संक्रमितको संख्या घट्दो, थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बिहिबार थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको छ ।

२४ घण्टामा ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ।

बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको उनको भनाई छ ।

पछिल्लो समय क्वारेन्टिन र आइसोलेसमा रहेकाहरुको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।

हाल २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेको मन्त्रालयले जनाएको छ ।