MENU

नेपालमा एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी दिए ।

वितेको २४ घण्टामा मात्रै हालसम्मकै सबैभन्दा धेरै एकैदिन झण्डै साढे ३४ सय संक्रमित थपिएका छन् ।

वितेको २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १६ सय ८४ सहित गरि देशभभर ३हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिको गौतमले बताए।

त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन्।
त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४ हजार २०९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या ११ लाख १३ हजार ४८५ पुगेको छ।