MENU

नेपालको संसदमा संविधान संशोधन विधेयक दर्ता

सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ।

शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनकारी दिए।

यसअघि, शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो।

यो संविधान संशोधनको दोस्रो प्रस्ताव हो। यसअघि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नका लागि संविधान संशोधन गरिएको थियो।