MENU

नेपालमा सत्तारुढ पार्टिको आन्तरिक राजनीति संकटमा

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  भित्रको कलहले आन्तरिक राजनीतिलाई गम्भिर संकटमा पु¥याएको छ।

केही दिनदेखि काठमाडौंमा बसिरहेको सो पार्टिको स्थायी समिति बैठकमा पार्टि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले दुइवटै पद छाड्नुपर्ने आवाज उठेपछि पार्टीको संकट सतहमै देखिएको हो ।

बुधबार स्थायी समिति बैठक स्थगितगर्दै गुटगत छलफलमा जुटेका नेताहरुले बिहिबार पार्टी भित्रैका समस्या समाधानको उपाय खोज्नु भन्दापनि आफ्नो पक्षको क्षमता प्रर्दशनलाई प्राथमिकता दिदाँ पार्टिको आन्तरिक कलहले उचाईको यात्रा तय गरेको हो ।

स्थायी समिति बैठक स्थगित

गुटगत भेला र सहमतिको प्रयासले कुनै सकरात्मक संकेत नदेखिएपछि पार्टी एकता गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै बालुवाटारमा जारी स्थायी कमिटी बैठक आगामी शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएकोम छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले, पार्टी एकता संकटमा परेको ठहर सहित भोलि वा पर्सिसम्म दुई अध्यक्ष र शीर्ष नेताहरुबीच गम्भीर छलफल गर्नका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको  बताए।

प्रधानमन्त्री केपी ओली, तत्काल मन्त्रिपरिषद् बैठक नबोलाउने र संसदको चालू अधिवेशन अन्त्य नगर्ने समझदारी विपरित गएपछि पार्टी एकता संकटमा परेको उनको भनाइ छ।

के सहमति भएको थियो दुइ अध्यक्षबीच ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान संसद अधिवेशन अन्त्य नगर्ने विषयमा सहमति भएको खुलासा भएको छ ।

नेकपाको जारी स्थायी समितिको बैठकपछि पत्रकारसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच पनि मन्त्रिपरिषदले त्यसविपरीत निर्णय गरेको बताए।

दुइअध्यक्षबीच बिहान मन्त्रिपरिषद् बैठक नबस्ने र त्यसरी संसद अधिवेशन अन्त्य नगर्ने समझदारी भएको उनको दाबी छ ।

सहमति विपरित स्थायी समिति बैठक बसिरहेकै बेला संसदको बजेट अधिवेशन अन्त्यको खबर पुगेको उनले बताए ।

अधिवेशन अन्त्य

दुइ अध्यक्षबीच तत्काल मन्त्रिपरिषद् बैठक नबोलाउने र संसद अधिवेशन अन्त्य नगर्ने सहमति भएको बताइएपनि, बिहिबारै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेसन अन्त्यको सिफारिस गरेको थियो ।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।

उनले अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन्।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए।

झस्किए प्रचण्ड

सहमति विपरित पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले संसदको चालू अधिवेशन अन्त्य गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष झस्किएको छ ।

अधिवेशन अन्त्य गर्नु, प्रधानमन्त्री ओलीको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउने रणनीतिको रुपमा बुझेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर त्यस्तो अध्यादेश आए विचार गर्न सुझाव दिएका छन् ।

जवाफमा राष्ट्रपति भण्डारीले आफूसमक्ष त्यस्तो कुनै अध्यादेश नआएको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिपक्षको प्रतिक्रिया  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई समेत बेवास्तागर्दै केही महत्वपूर्ण विधेयकहरुलाई समेत निश्चित टुंगोमा नपु¥याई अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ।

बिहीबार कांग्रेसद्धारा जारी विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै परामर्श नगरि अधिवेशन ल्याइएको भन्दै कांग्रेसले राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको उल्लेख छ ।

त्यस्तै राजपाले पनि अधिवेशन अत्य हुनु दुखद भन्दै आपत्ती जनाएको छ ।

सत्तारुढ दलभित्रको किचलोले, स्वयंम सत्तारुढदललाई त गम्भिर घाटा पुग्छनै यसले विश्वव्यापी महामारीको चपेटामा परेका आम नागरिक र राष्ट्रियताको मुद्दालाई समेत गम्भिर असर गर्ने आशंका गरिएको छ ।