MENU

नेपालमा सबै ७७ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

काठमाडाै‌, नेपाल ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नेपालका सबै ७७ जिल्लामा फैलिएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, नेपालका ७७ वटै जिल्लामा नै संक्रमित भेटिएको जानकारी दिए।

पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

थप ५५४ संक्रमित थपिए

त्यस्तै नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थप १२० महिला र ४३४ पुरुष गरी कूल ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

निको भएर २ हजार ८३४ जना घर फर्किए

त्यस्तै संक्रमित मध्ये हालसम्म दुई हजार ८३४ उपचार पछि घर फर्किएका छन्।

मन्त्रालयका प्रवक्ता प्राडा गौतमले, २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएको जानकारी दिए ।

तीमध्ये १८ महिला र ११८ पुरुष छन् ।

त्यस्तै उहाँका अनुसार ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेका छन् ।

थप एकको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेको बताइएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी थिए ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।