MENU

नेपालमा सरकार विरुद्ध सडक प्रर्दशन

काठमाडौं, नेपाल ।

सरकारविरुद्ध आज सयौं नागरिक सडकमा उत्रिएका छन् ।

रोगबाट भन्दा भोक बाट ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन भएको हो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग प्रर्दशनकारीले गरेका छन् ।

प्रहरीको लाठिचार्डबाट केही प्रर्दशनकारी घाइते भएका छन् ।

११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।

यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।