MENU

नेपालमा सलह किराको प्रवेश, दुइदिनमै १० भन्दाबढी जिल्लामा आक्रमण

काठमाडौं, नेपाल ।

सलह किराले, नेपालको एक दर्जनबढी जिल्लामा आक्रमण गरेको छ ।

शनिबारदेखि सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै नेपाल प्रवेश गरेको सलह किराले दुई दिनयता, पहाडी जिल्ला, पाल्पा, मकवानपुर, काभ्रे, सिन्धुली, उदयपुर, रामेछापसम्म आक्रमण गरेको छ ।

शनिबार बिहान सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै सलह नेपालमा फैलिएको सलह किराको झुण्ड सानो रहेकोले तत्काल ठुलो क्षतिको सम्भावना नरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाई छ ।

नेपालमा मनसुनी वायुमा अचानक आएको परिवर्तनले सलह नेपाल प्रवेश गरेपनि मनसुनी बर्षाकै कारण हालसम्म कुनै ठूलो क्षती नगरेको कृषि मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सुरुमा सर्लाहीको नवलपुरमा देखिएको सलह ५ घण्टाजति त्यहाँ बसेर बाराको डुमरुवाना र जितपुरमा पुगेको देखिएको मन्त्रालयको भनाई छ ।

यस्तै भैरहवाको कालिकानगर क्षेत्रमा बिहानै बसेको सलह किराको समूह दिउँसो भैरहवा गएर दुई समूहमा विभाजित भएको र त्यसकै एउटा समूह दिउँसो पाल्पातर्फ र अर्को सैनामैना हुँदै कपिलवतुतर्फ लागेको कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा गठित सलह नियन्त्रण प्राविधिक टास्कफोर्सले जनाएको छ ।

सो सलह आइतबार सिन्धुलीको भिमान पुगेको र त्यसपछि रामेछापतर्फ अघि बढेको छ ।
त्यस्तै पर्साको एक गाउँमा सानो झुण्डमा सलह भेटिएको छ । र, त्यो सलह चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ ।

त्यस्तै बारामा शनिबार देखिएको सलह मकवानपुर र काभ्रे पुगेको त्यही समुहका केही सलह आइतबार उदयपुरको सैनामैनातर्फ लागेको बताइएको छ ।

नेपालमा अहिलेसम्म यसको ठूलो भुण्डमा बढीमा २० हजार किराहरु रहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरिबहादुर केसीले दाबी गरेका छन् ।

बेलुकापख रुखमा बास बस्ने र बिहान घाम लागेपछि हरियो बालीमा बस्ने यो सलहले नेपालमा तत्काल नोक्सान नगरे पनि ढुक्क हुने अवस्था भने नरहेको विज्ञहरुले बताएका छन् ।

यसैबीच कृषि मन्त्रालयले संघीय तहबाट सलह नियन्त्रण टास्कफोर्समार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यरत प्राविधिक जनशक्ति परिचालन गरिएको जनाएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषिको क्षेत्रीय कार्यलय थाइल्याण्डसँग सम्पर्कमा रहेको एफएओको पछिल्लो विवरणअनुसार भारतको नयाँदिल्लीतर्फ सलहको ठूलो झुण्ड अघि बढिरहेको देखिएको छ ।

राजस्थानबाट दिल्लीतर्फ अघि बढेको सो ठूलो झुण्ड हावाको वेगसंगै नेपामलसम्म आयो भने ठुलो क्षति हुनसक्ने उनीहरुको चेतावनी छ ।

यसैबीच स्थानीय सरकारहरुले सलह किरा मारेर ल्याउनेलाई प्रतिकेजी २० देखि २५ केजी दिने घोषणा गरेका छन् ।

प्रदेश पाँच सरकारले एक किलो सलहको २० रुपैयाँ दिने घोषणा गरे लगत्तै आइतबार सुदुरपश्चिम सरकारले प्रतिकेजी २५ रुपैयाँ दिने घोषणा गरेको छ ।

यता, सलह खसीको मासु भन्दा पनि पोसिलो भएको दाबी गर्दै प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले यसलाई खान वा कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने जनाएको छ। ठकमा व्यक्त विचारबाट प्रष्ट भएको छ ।