MENU

नेपालमा सवारी दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा आइतबार राती भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका छन् ।

दुर्घटनामा, तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।