MENU

नेपालमा सार्वजनिक सवारी चलाउन छुट, आधामात्रै यात्रु राख्न पाउने

काठमाडौं, नेपाल ।

नेपाल सरकारले, सार्वजनिक सवारी सधान चल्न दिने निर्णय गरेको छ ।

बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि तथा अर्थमन्त्री डाक्डर युवराज खतिवडाले, डबल भाडा लिएर सिट क्षमताभन्दा आधा यात्रु चढाउन पाउने गरि सार्वजनिक सवारी र ट्याक्सी संचालन गर्न दिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै मोटरसाईकलमा पनि चालक बाहेक पाँच बर्षमूनीको बच्चा सहित २ जना चढ्न पाउने निर्णय गरिएको छ ।

त्यस्तै ट्याक्सीमा पनि चालकबाहेक २ जना चढ्न पाउने छन् ।

हाललाई काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर गरि ३ जिल्लामा र अन्य जिल्लामा जिल्ला भित्र मात्रै चल्न दिने निर्णय गरिएको छ ।

जोर विजोर प्रणाली भने लागुहुने बताइएको छ ।

भारतिय मिडिया विरुद्ध कानूनी उपचार खोजिने

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुतसंग जोडेर भारतिय मिडियाले गरेको दुष्प्रचारप्रति सरकारले कानूनी र राजनीतिक उपचारको खोजि गर्ने भएको छ ।

सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले, मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भारतिय मिडियाको दुष्प्रचारको कानुनी उपचार खोजिने बताएका हुन्।

तत्काल भारतिय संचाल माध्यममाथि प्रतिवन्ध लगाउने कुनैपनि योजना नरहेको उनको भनाई छ ।