MENU

नेपालमा १४४ कोरोना संक्रमित थपिए

काठमाडौं, नेपाल ।

नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको डा. गौतमले बताए ।

त्यस्तै गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ ।