MENU

नेपालीको उद्दारमा चर्को भाडादरप्रति नेपाली समाज अष्ट्रेलियाको आपत्ति

मेलबर्न, अस्ट्रेलिया ।

नेपाली समाज अष्ट्रेलियाले, बिश्वभर फैलिएको कोभिड—१९ महामारीको प्रकोपका समयमा समेत हवाई भाडामा मनपरि भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

समाजका प्रवक्ता बाबु गोर्खालीद्धारा जारी विज्ञप्तिमा “कोभिड—१९ महामारीको प्रकोपका कारण लामो समयसम्म आफ्नो देश फर्किन नपाएका नेपालीहरुलाई ढिलै भएपनि स्वदेश फर्काउने नेपाल सरकारको निर्णयलाई नेपाली समाज अष्ट्रेलिया हार्दिक स्वागत गर्दछ । तथापि फेरी उद्धारकों नाममा सरकारले अष्ट्रेलिया लगायत बिश्वका बिभिन्न मुलुकबाट नेपालको एकतर्फि भाडा दरमा ब्यापक बृद्धि गरिएकोमा नेपाली समाज अष्ट्रेलियाको गम्भीर ध्यानाकर्षण भएको छ ” भनिएकाे छ ।

देशको अर्थतन्त्रको एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका खाडी मुलुक लगायत मलेशियामा रोजगारीमा रहेका धेरै श्रमिक अनि विद्यार्थी र पर्यटक भिषामा रहेका नागरिक विभिन्न मुलुकमा समस्यामा परेको अबस्थामा नेपाल सरकार समयमै गम्भिर नबनेको भन्दै समाजले चित्त दुखाएको छ ।

अष्ट्रेलिया न्युजिल्याण्ड जापान, लगायत युरोप र अमेरीकामा रहेका बिध्यार्थी र अभिभावकहरु महामारीको बिपतमा बेला समेत बैदेशिक रोजगारीमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम खर्च नगर्नु र चर्को हवाई भाडा तोक्नु सरकारी गैर जिम्मेवारीपन भएको विज्ञप्तिमा जनाइएको छ ।

समाजले, आफ्ना गल्ती सच्याउँदै बिदेशमा अलपत्रमा परेका नेपालिहरु बिशेषगरी श्रमिक र बिद्यार्थीहरुलाई सकेसम्म निःशुल्क र नसके सहुलियत भाडादरमा उद्धार गर्न सरकारसंग माग गरेको छ ।