MENU

नेपाली डाक्टरहरुको बिश्व सम्मेलन सेप्टेम्बरमा हुने

एडिलेड । बिश्वभरी छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन आगामी सेप्टेम्बर महिनामा हुने भएको छ । कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला नेपाली डाक्टरहरुको सेमी भर्च्र्युल फरम्याटको सम्मेलन हुन लागेको हो ।

“ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन” नाम दिएको यो तिन दिने सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो । सम्मेलनमा प्रस्तुत गर्न कार्यपत्र उपलब्ध गराउन आयोजक समितिले अनुरोध गरेको छ ।

“ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन” सम्मेलन साइन्टिफिक कमिटिका प्रमुख डा कुश श्रेष्ठले   नेप्लिज अस्ट्रेलियन सँगको  कुराकानीमा भने, “कोभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताए ।” डा श्रेष्ठका अनुसार सम्मेलनमा कोभिड–१९ को रेस्पोन्स, अहिले सम्म भएका अनुसन्धन, पोष्ट कोभिड लगाएका बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । यो सम्मेलन सफल बानाउन अमेरिका, बेलयत र अस्ट्रेलियाम रहेका नेपाली डाक्टरहरुको संस्थहरुले पनि सहकार्य गरेका छन् ।

पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् ।