MENU

नेपाली भूमी मिचेको विरोधमा भियन्ना स्थित भारतीय राजदुतावासमा एनआरएनए एनसीसी अष्ट्रियाको ज्ञापन पत्र

भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी अष्ट्रियाले, भियन्ना स्थित भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाएको छ ।

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको विरोधमा, ज्ञापन पत्र बुझाइएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद सूचना तथा संचार उपसंयोजक कृष्ण केसीले पुष्टि गर्नुभएको छ ।

संघको उक्त वक्तव्य प्रति ऐक्यवद्दता जनाउँदै निर्देशन भए वमोजिम एनआरएनए एनसीसी अष्ट्रियाद्वाराले भियन्ना स्थित भारतीय राजदुतावासमा ईमेलद्वारा विरोध पत्र पठाएको जानकारी प्राप्त भएको केसीले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघको केन्द्रिय निर्णय अनुसार संघका विश्वभरका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई सम्वन्धित मुलुकको भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाउन, संघका महासचिव डा हेमराज शर्माद्वारा पत्रको नमुना सहितको निर्देशन भएको थियो।