MENU

नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको उप विजेता

जस्ट सामले अमेरिकन आइडलको १८औं  उपाधि जितेकी छन् ।

अमेरिकी समय अनुसार आइतबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा दुई उत्कृष्ट गीत प्रस्तुत गरेर आर्थरले प्रत्यक्ष प्रसारणको समयमै दर्शकले तीन भिन्न भिन्न प्लेटफर्ममार्फत् दिएको भोटिङको आधारमा दोस्रो स्थान प्राप्त गरेका हुन्।

नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै समान्था डियाज अर्थात जस्ट सामले उपाधि जितेकी हुन् ।

https://youtu.be/vKLG7UYw9Fg

अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।

नेपाली समय अनुसार आज सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् ।

https://youtu.be/7axNViUBWZc

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए ।

यसअघि आजै कार्यक्रमको सुरूवातमा उनी शीर्ष पाँच स्थानमा पुग्दै अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पुगेको निर्णय गरिदिएको थियो। उनीसँगै जस्ट साम, जोनी वेस्ट, फ्रान्सिस्को मार्टिन र डिल्लोन जेम्स पनि ग्राणड फिनालेमा पुगेका थिए।

विजेता साम लाइबेरियन मुलकी अश्वेत अमेरिकन हुन्।

नेपालको काठमाडोैं कलंकी सुनार गाउँका दिवेश पोख्रेल २०१४ मा अमेरिका पुगेका हुन् ।

अमेरिकाको मध्यपश्चिम राज्य कान्सासको विचितामा रहेर संगीत साधना गरिरहेका उनी अमेरिकन आइडलको यो सिजनमा सहभागी भएका थिए। सुरूदेखि नै निर्णायक र दर्शकको मन जित्दै उनी विभिन्न चरण पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेका थिए।