MENU

नेपाली सोसाईटी अफ तास्मानियामा नयाँ नेतृत्व

Nepali Society of Tasmania
Newly elected executive committee of Nepali Society of Tasmania

होबार्ट । नेपाली सोसाईटी अफ तास्मानियाको अध्यक्षमा अभिनव आचार्य निर्वाचित भएका छन् । आईतवार भएको सोसाईटीको साधारण सभाले नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष मेघना राउत, सचिव प्रदिप पोख्रेल र कोषाध्यक्षमा संसार राज चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा सुबिन खरेल, गणेश सुवेदी, सुजन लामिछाने, पुर्णिमा श्रेष्ठ (गोपाली) र सुवास सापकोटा रहेका साेसाइटीले जनाएकाे छ ।

पदाधिकारिहरूकाे  कार्यकाल एक बर्ष रहेको छ ।

तास्मानिया राज्यले ल्याएको आप्रवास सम्बन्धि लचिलो ब्यवस्थाका कारण अहिले अन्य राज्यबाट नेपालीहरु यहाँ आउने क्रम बढेको छ ।