MENU

नेपाली स्वदेश फर्काउने अभियानमा सहजीकरण गर्ने एनआरएनएको घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनले, नेपाल सरकारले शुरु गरेको कोरोना संक्रमणका कारण विश्वभर समस्यामा परेका नेपालीलाई घर फर्काउने अभियानमा सक्दो सहजीकरण गर्ने जनाएको छ ।

नेपाल सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि कोरोना संक्रमणको बेला विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सफलता मिलेको भन्दै एनआएनएले सरकारी प्रयासप्रति खुसी व्यक्त गरेको छ ।

संघले, नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

सरकारले आजबाट विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन सुरु गर्ने घोषणा गरेसंगै संघले आफ्ना सबै शाखाहरुलाई नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न तयारी अवस्थामा राखिएको जनाएको छ ।

पहिलो चरणमा म्यानमारबाट २६ र युएईबाट २ सय ५० नेपालीहरु फर्काउने तयारी गरिएको गैरआवासीय नेपाली संघ एनआरएनएले जानकारी दिएको छ।