MENU

नेपाल एयरलायन्सले जापानमा तीनवटा चार्टर्ड उडान गर्ने

नेपाल एयरलायन्सले जापानमा ३ वटा चाटर्ड उडान गर्ने भएको छ।

जापानी नागरिक लिएर ३ वटा जहाज यही ‘मे १५, १७ र २२ मा त्यसतर्फ जाने नेपाल वायुसेवा निगमले जनाएको छ।

लकडाउनअघि नेपाल एयरलाइन्सले जापानको नारितामा हप्तामा ३ व्यावसायिक उडान गर्दै आएको थियो।

निगमले लकडाउनपछि ११ वटा अन्तर्रा्ष्ट्रिय उडान गरिसकेको छ।

अष्टे«लिया, चीनलगायत व्यावसायिक उडान नगरेका देशमा एयरलाइन्सले चार्टर्ड उडान गरेको छ।