MENU

नेपाल एरलाइन्सको क्यानवेरा ‘टु’ काठमाण्डौं उडान; दुतावासलाई क्रस गर्ने को हुन आठ शक्तिशाली ?

The Nepal Airlines repatriation flight from Kathmandu to Canberra
The Nepal Airlines repatriation flight from Kathmandu Nepal brought 300 Australians arriving at Canberra Airport. Picture: Mohan Lama

छत्र शंकर, क्यानवेरा ।

नोभिल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले निर्णय नै गरेर उनीहरुलाई नेपाल फर्काएपछि क्यानवेरा दुतावास अचम्ममा परेको छ । दुतावास स्रोत भन्छ, “उतैको पावर लगाएर गएपछि हामीले के गर्ने ?”

क्यानवेराको आकाशामा मंगलवार चन्द्र सुुर्य अंकित नेपाल एरलाइन्सले फन्को मारिरहँदा घर फर्कनै पर्ने ब्यग्र पखाईमा रहेका नेपालीहरु देशको विमानले प्रदेशलाई जोड्दा गर्वले जयजयकार गरे ।

घर फर्कन आतुर हुनेहरुले सामाजिक संजाल मार्फत भन्दै थिए यही विमानले काठमाडौं झार्दिए भइहाल्थ्यो नी ।

विमान अवतरण गरेको दुई घण्टामा ११ जनामात्र नेपाली बोकेर फर्किए पछि नेपाल फर्कनै पर्नेहरुको मन दुखेको छ । आर्थिक तथास्वास्थ्य समस्यामा परेका तीनजनाफर्कनु त स्वभावीक नै हो बाँकी८जना कसरी फर्किए ?

हामीनै अचम्ममा छौः दुतावासका कर्मचारी

दुतावाससंग विमानमा फर्कने तीन जनाको मात्रसूची छ । उनीहरुलाई नै पु¥याउन जब दुतावसका कर्मचारी विमानस्थल पुगे फर्कनेहरु थपिएको देखेर छक्क परे !

लकडाउनका कारण आर्थिक तथा स्वास्थ्य समस्यामा परेका विशाल पौडेल, एलिशा अधिकारी र सुनिता परियार दुतावसको पहलमा नेपाल फर्किएका हुन । विमानस्थामा पुगेका दुतावसका कर्मचारी भन्छन्, “तालिममा आएका गृहक दुईजना कर्मचारी जितेन्द्र वलामी, जयकला राई र अन्य ६ जना देख्यौ । तर उनीहरुको नाम मंगलवार नेपाल फर्कने दुतावासको टिस्टमा छैन । हाम्रो सूचीमा तीनजना वाहेक फर्कनेहरुको सूचीनै थिएन ।”

यसअघि नै दुतावसले अस्ट्रेलियावाट फर्कन चाहने १३ सय भन्दाबढीको नामावली सरकारलाई बुझाई सकेको छ । यस अघिका दुइवटा चार्टर विमानमा नै समस्या परेका नेपालीलाई फिर्ता पठाउन दुतावासहले पहल गरेको थियो । स्रोत भन्छ, “मंगलवार फर्किएका आठ जनाकोको सूची दुतावास संग छैन । उनीहरुआ–आफ्नै च्यानल प्रयोग गरेर नेपाल फर्किए होलान ।”

दुई सरकारी कर्मचारी बाहेक को थिए ६ जना ?

केही नेता र सरकारी उच्चअधिकारीका आफन्त तथा चिनजानका मान्छेहरु पनि विमानवाट नेपाल फर्किएका छन् ।

मंगलवारको क्यानवेरा टु काठमाडौ उडानमा अस्ट्रेलियाबाट चर्चा भट्राई, सुनिष्ठा दाहाल, उसा मरासिनी, रमेश सिलवाल, ज्योति सिलवाल र नेत्र मारासिनी नेपाल फर्किएका छन । उनीहरुले दुतावसले जारी गरेको नेपाल फर्कने फारम भरेका थिए । उषा र नेत्र भ्रमणका लागि केही महिना अघि अस्ट्रेलिया आएको बुझिएको छ ।

उनीहरुले पनि सिधै मन्त्रालयको पावर लगाएर फर्कने लिस्टमा आफ्नो नाम पारेका थिए । साथै उनीहरुले सोही विमानमा फर्कन दुतावासलाई बारम्वार दबाव दिएको बुझिएको छ ।

तर, दूतावासले समस्यामा परेका तीनजना भन्दा बढी लैजान नमिल्ने जवाफ दिएपछि उनीहरुले सिंहदरवारको पावर लगाएका थिए ।

नोभिल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले निर्णय नै गरेर उनीहरुलाई नेपाल फर्काएको छ । दुतावासले भने अस्ट्रेलियन सरकारले चार्टर गरेको नेपाल एयरलाइन्सको विमानमा २६० जनालाई नै पठाउन पहल गरेको दावी गरेको छ ।

तर, प्राविधिक कारणले चार्टर विमान लैजान नमिल्लने भएपछि मृत्यूकै मुखमा पुगेका क्यान्सर पीडित, उनकी श्रीमती र आर्थिक तथा मानसिक समस्यामा परेकी एक जना गरी तीनजलाई फिर्ता पठाएको छ ।

दुतावास स्रोत भन्छ, “आठ जनाले उतैको पावर लगाएर उडेपछि हामीले के गर्ने । शक्तिको भरमा नेपाल फर्किएकाहरुले गृह र परराष्ट्र मन्त्रालयको निर्णय सहित नेपाल एयरलाईन्सको टिकट समेत काठमाडौंवाट मिलाएको बुझिएको छ ।”

यो  पनि पढ्नुहाेस ।

https://nepaleseaustralian.com.au/archives/3200