MENU

नेपाल फर्किन चाहानेका लागि अष्ट्रेलियाबाट दुइवटा उडान हुदै

क्यानबेरा, अष्ट्रेलिया ।

नेपाल सरकारले, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा प्रशान्त क्षेत्रका नेपालीको उद्दारका लागि यही जुन १७ तथा २२ तारिखमा दुइवटा चार्टड उडानको व्यवस्था गरेको छ।

क्यानबेरास्थित नेपाली दुताबासले बिहिबार एक विज्ञप्ति प्रकाशित गरि अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा लक डाउनका कारण अड्किएका वा नेपाल फर्कन चाहाने नेपाली नागरिकहरुको लागि चार्टड उडानको व्यवस्था गरिएको जानकारी गराएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत कोभिड—१९ विश्वव्यापी सक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्बन्धी आदेश अनुसार यस राजदूतावासले यही आगामी असार ३ गते अर्थात १७ जुन २०२० बुधबारका दिन पहिलो उडान भर्न लागेको दुताबासले निकालेको सूचनामा उल्लेख छ ।

त्यस्तै आगामी असार ८ गते अर्थात २२ जुन २०२० सोमबारका दिन दोस्रो चार्टड उडानको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

नेपाल वायुसेवा निगमको जहाजबाट हुने सो चार्टड उडानको हवाइभाडा र उडान भर्ने शहर सम्बन्धी जानकारी पछि उपलब्ध गराइने तथा कुनै प्रकुलता भएमा उडानमा तालिकामा केही परिर्वतन हुनसक्ने दुताबासले प्रष्ट पारेको छ ।

को को फर्किन पाउँछन् ?

नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा पर्नुभएका व्यक्तिहरुलाई टिकट खरिद प्रक्रियाका सम्बन्धमा राजदूतावासबाट छिट्टै सम्पर्क गरिने दुताबासले जनाएको छ ।

त्यसको लागि यही ०२ जुन २०२० सम्म नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुमध्येबाट प्राथमिकिकरण गरिएको दुताबासले जनाएको छ ।

नेपाल फर्कने यात्रुहरुले अनिवार्य रुपमा कोरोना भाइरसको संक्रमण नभएको प्रष्ट हुन पिसिआर रिर्पोट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ ।

तर यो परीक्षण पनि दूतावासले जानकारी गराएपश्चात मात्र समेत दुताबासले अनुरोध गरेको छ ।

कतिले भरेका छन् नेपाल फर्किन फारम ?

नेपाल सरकारको निर्णय अनुसार दुतावासले, यही ०२ जुन २०२० सम्म नेपाल फर्कने चाहानेका नेपालीका लागि फारम भर्न आग्रह गरेको थियो ।

सो अवधिमा अस्ट्रेलियाबाट मात्रै १३ सय जना नेपालीले घर फर्कनका लागि फारम भरेको दुताबासले जनाएको छ ।

यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्नेछ ।