MENU

नेपाल फेस्टिवल डार्बिन: सभ्य र भब्य

डार्विन / गैर आवाशीय नेपाली संघ एनटि र नेपलिज असोसिएसन अफ एनटीको संयुक्त आयोजनामा नोर्दन टेरिटोरीको राजधानी सहर डार्बिनमा पहिलोपटक ‘नेपाल फेस्टिभल’ नेपाली नयाबर्षका दिन भब्य तथा सभ्य रुपमा भएको छ . महत्सबको मुख्य दिन दिउँसोको २.४५ मा नेपाली परेड तथा झाँकी निकालिएको थियो भने औपचारिक कार्यक्रमलाई मिठो बासुरीको धुनबाट सुरु तथा नेपाली र अस्ट्रेलियन रास्ट्रिय गीत गाउदै रातको ९ बजे नेपालका ‘द एड्ज ब्याण्ड’को धमाकेदार सांगीतिक प्रस्तुति संगै समापन गरिएको थियो | एन टिको जमिन बसोबास योग्य बनाउने यहाका लाराकीय आदिबासीको उच्च सम्मान गर्दै कार्यक्रममा नेपाल चिनाउने र पर्यटनलाई प्रबर्दन गर्ने उधेश्य स्वोरुप महोत्सबमा नेपाल हाउसको प्रदर्शन, कुमारी तथा बज्रयोगिनी जस्ता नेपाली संस्कृति झल्काउने नाँच, ब्यवसायहरुलाई प्रबर्द्न गर्ने स्टल र नेपाली स्वादका खाना पाइने स्टलहरु राखिएका थिए | हजारौ नेपाली तथा अस्ट्रेलियनले अवलोकन गरेको सो कार्यक्रम नेपाली र बिदेशी (गैर नेपाली) दुवैको उपस्थिति समान थियो | र, नेपाली र बिदेशीहरु दुवै नेपाली खानाको लागि घन्टौं लाइनबद्ध देखिन्थे | कतिपय खानाका परिकार दुनो र टपरीमा पनि पस्किएको थियो | स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुतीका साथै नेपालका ‘द एड्ज ब्याण्ड’ लगायतका साङितिक समूहहरु र संगीतकर्मीहरुले कार्यक्रम स्थललाई मनमोहक बनाएका थिए | एनटी सरकारका मुख्यमन्त्री माइकल गनरले मुख्य बक्ताका रुपमा बोल्दै भने – नेपाल फेस्टिबलको नारा ‘एक देश धेरै कथाहरु’ भने जस्तै हाम्रो राज्यमा एक राज्य धेरै कथाहरु छन् . यहाँ भएका नेपाली को उन्नति प्रगतिको कामना गरे . कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले फेस्टिबलको सुभकामना दिदै अस्ट्रेलियाको राजनीतिक नेत्रित्वो सहित जनतालाइ नेपाल को भ्रमण गर्न निमन्त्रणा गरिन . गैर आवाशीय नेपाली संघको अन्तरास्ट्रिय समितिका भुतपूर्व अध्यक्ष शेष घलेले – हामि नेपालीहरु कडा परिश्रमी भयकाले अवसरहरुको देश अस्टेलियामा सबैको प्रगति हुने बताए. उनले हाम्रो भाबि पुस्ता यहाँको संसद मन्त्रि हुन् योग्य बनाउन अझै मेहनत गर्नु पर्ने सुझाव दिए . सो अवसरमा डार्विनबाट केन्द्रिय संसदमा प्रतिनिधित्वो गर्ने लुक घोस्लिंगले आफ्नो वक्तव्यको दौरानमा तिस बर्ष पहिले नेपाल गएको सम्झदै ‘पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात’ गीतको टुक्का गाएर सभालाई रोमान्चक बनाएका थिए | कार्यक्रममा डार्विनका लर्ड मेयर कोन भात्स्कालिस , एन आर एन अस्ट्रेलियाका अध्यक्ष तोंनु घोताने लगाएत ले मन्तब्य दिए | कार्यक्रम सफल पार्न एनआरएनए-एनटीका तर्फबाट संयोजक हरि रिजाल, सह-संयोजक हेम पुन र सचिव श्रीकृष्ण ढुंगाना निकै खटेका थिए भने एनएएनटीको तर्फबाट संथाका अध्यक्ष सुदिप श्रेष्ठ , उपाध्यक्ष अनिल बस्नेत र कार्यकारी सदस्य सुरेन्द्र दवाडी ब्यबस्थापनको जिम्मेवारीमा थिए | प्रवक्ताको रुपमा हेम पुन र किशोर अधिकारी नियुक्त गरिएको थियो | कार्यक्रमको सांस्कृतिक कार्यक्रम तर्फको व्यवस्थापनको जिम्मा श्रद्धा बराल राय र फिरोज रानालाई दिएको थियो | साथै कार्यक्रमलाई सफल बनाउन एनआरएनए-एनटी र एनएएनटीलगायत नारी निकुञ्ज टिम, डार्बिनबासी नेपालीहरु र अन्य दर्जनौ व्याम्सेवक हरुको पनि उलेखनीय भूमिका रहेको आयोजकहरुले जनाएका छन् | एनटी सरकार र डार्बिन वाटरफ्रन्ट कपरेशनको सहयोग रहेको उक्त कार्यक्रमको इभेन्ट पार्टनर अक्रोन ग्रुप एन टी थियो भने मुख्य प्रायोजकहरु पीडीएन होम्स मेलबर्न र ३६० एक्स्पर्ट मोर्गेज सोलुसनस् रहेका थिए | नेपाल फेस्टिवल संगै कार्यक्रम लाइ नोदर्न टेरिटोरीमा नेपाल समाज संगठित भएको दसौ बार्षिकोत्सब को रुपमा पनि मनाइयो . सो अवसरमा विभिन्न ब्यक्तित्वो तथा सस्थाहरुलाई सम्मानित गरिएको थियो . शेष घले तथा जमुना घले दम्पति अस्ट्रेलिया आएको २७ बर्ष भएता पनि डार्विन भने पहिलो पटक आएका थिए . त्यस्तै एन आर एन अध्यक्ष् तोनु घोताने , पूर्व उपध्यक्ष दिनेश पोखरेल अस्ट्रेलिया आएको डेड दसक भएपनि डार्विनमा पहिलो पटक पाइला टेकेका थिए . नेपाली दुताबासले पनि पहिलो पटक डार्विनमा उपस्थिति जनाएको थियो . डार्विनमा झन्डै दुइ हजार पाच सय नेपाली बसोबास गर्ने बिस्वास गरिन्छ . फेस्टिबलका मुख्य कार्यक्रमहरु अप्रिल १४ अपरान्ह देखि सुरु भएता पनि पुर्बसंध्यामा आयोजित अप्रिल १३ को रात्रि भोजलाई पनि विशेष अन्तरक्रियात्मक बनाइएको थियो | झन्डै एकसयको उपस्थिति रहेको सो रात्रि भोजमा अस्ट्रेलियाका लागि नेपालकी राजदूत लक्की शेर्पा, इशोर कुइकेल , नारायण कोइराला , देव गुरुङ ,राजु अधिकारि , हरि रिजाल , सुदीप श्रेष्ठ , श्रीकृष्ण ढुंगाना , डा कुश श्रेष्ठ , सुभास पोखरेल , रदिप थापा , प्रकाश आचार्य, गणेश अधिकारि , निरज गुरुङ , नितेशराज पन्त , सम्भु कंडेल लगायतका बक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए |