MENU

नेपाल सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने


सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ ।

जेठ २ गते नियमित प्रक्रिया अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा जाने कार्यक्रम तय भएको बताइएको छ ।

तर समय अभावका कारण नीति तथा कार्यक्रम पेश हुनु अघि नै यही वैशाख २८ गतेबाटै प्रि बजेट छलफल शुरु गर्ने तयारी छ ।

संसदको बजेट अधिवेशन भोलीदेखि शुरु हुँदैछ । सरकारलाई जेठ १५ मा बजेट पेश गर्नैपर्ने चटारो छ ।