MENU

नेप्लिज एसोसिएसन अफ टोअम्बाको अध्यक्षमा पुकार घिमिरे निर्वाचित

Nepalese Australian
Newly elected executive members of Nepalese Association of Toowoomba
Newly elected executive members of Nepalese Association of Toowoomba

टोअम्बा, क्विन्सल्याण्ड । दक्षिण क्विन्सल्याण्डको डार्लिङ डाउनस रिजनमा रहेको टोअम्बा ग्रामिण शहरमा बसोवास गर्ने नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ टोअम्बाको अध्यक्षमा पुकार घिमिरे निर्वाचित भएका छन् ।

२४ जुन बुधवार टोअम्बामा भएको भेलाले पुकार घिमिरेको अध्यक्षामा ११ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको सचिव नबराज सुबेदी, कोषाध्यक्ष सृजन अधिकारी, सहसचिव शिखर पौडेल रहेका छन् ।

यस्तै कार्यसमितिका सदस्यहरुमा दिवश चापागाई, कुबेर रानाभाट, लोचन प्याकुरेल, दीप खत्री, प्रज्ञा तामाङ, शरद भट्ट र निरज गुरुङ रहेका छन् ।
नेप्लिज एसोसिएसन अफ तोअम्बाले स्थानिय मुल प्रवाहका महोत्सव र पर्वहरुमा सकृया सहभागिता जनाउदै आएको छ ।

संस्थाका नव निर्वाचित अध्यक्ष पुकार घिमिरेका अनुसार टोअम्बामा प्रत्येक बर्ष सेप्टेम्बर महिनामा हुने फ्लावर फेस्टिभलमा नेपाली समुदायको विशेष उपस्थिति हुने गरेको छ ।

टोअम्बा लेङ्गोएज एण्ड कल्चरल फेस्टिभलमा नेपाली समुदायको कल्चरल परेड विशेष आकर्षणको रुपमा हेरिन्छ । नेपाली सँस्कृतिक पहिरन सहित परेडमा नेपालीहरु सहभागि हुने गर्छन् । स्थानिय रुपमा दशै, तिहार, तिज जस्ता नेपाली पर्वहरु पनि मनाउने गरिन्छ ।

समाजका अध्यक्ष घिमिरे भन्छन्, “टोअम्बा स्थानिय काउन्सिल सँग सहकार्य गरेर नेपाली समुदायको विकासका कार्यक्रमहरु गरिरहेका छौ ।”  घिमिरे थप्छन, “समुदायमा भाषा विद्यालय संचालन, क्रिकेट, फुटबलका प्रतियोगिताहरु र पारिवाकि बनभोज जस्ता कार्यक्रमहरु नियमतिरुपमा भैरहेका छन् ।”

टोअम्बा रिजनल काउन्सिलका नव आप्रसि समुदायहरु मध्ये नेपालीको जनसंख्या उच्च रहको छ ।