MENU

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटरीको अध्यक्षमा युबराज पन्त चयन

डार्विन । नेप्लिज एसोसिएन अफ नर्दन टेरिटरीको नयाँ कार्यसमिति चयन भएको छ । युबराज पन्तको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति गठन भएको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजीव थापा, कोषध्यक्ष राजन बस्नेत र सदस्यद्धय परेश राज घिमिरे र गुंजन उपाध्याय रहेका छन । नयाँ कार्यसमितिको कार्यकाल दुईबर्ष रहने छ ।

नवनिर्वाचित अध्यक्ष युवराज पन्तलले नेप्लिज अस्ट्रेलियनसँगकाे कुराकानिमा पुरानो कार्यसमितिले शुरुवात गरेका कामलाई निरन्तरता दिने बताए ।

नर्दन टेरिटरीमा नेपाली सस्कार र संस्कृतिलाई जर्गेना गर्ने उदेश्यका साथ २००८ मा स्थापना भएको हो ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटरीले समुदायको संरक्षण तथा प्रर्वद्धनका लागि रचनात्मक काम गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4343