MENU

नोबल कोरोना भाइरसः कुन देशमा कति संक्रमति? अस्ट्रेलियामा १२ संक्रमित

कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ भने संक्रमित हुनेको संख्या २०,६२८ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टअनुसार सोमबार ६४ जनाको मृत्यु र ३,२३५ नयाँ संक्रमित भेटिएको रिपोर्ट सार्वजनिक भएको हो । त्यसमध्ये एक जनाको मृत्यु हङकङमा भएको चिनियाँ समायचार संस्थाहरुले उल्लेख गरिरहेका छन् ।

 

 

 

चीनमा ४ सय २७ को मृत्यु हुँदा फिलिपिन्स र हङकङमा एक–एक जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

 

त्यसको केही समयपछि जेनेभाबाट डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाभाइरससँग लड्न चीनसँगको यातायात र व्यापारमा प्रतिबन्ध लगाउनु आवश्यक नरहेको अभिव्यक्ति दिएका छन् ।

 

त्यस्तै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले कोरोनाभाइरससँग लड्नका लागि चीनसँगको यातायातमा प्रतिबन्ध लगाउनु पर्ने आवश्यक्ता नरहेको बताएका थिए ।

 

डब्ल्यूएचओ प्रमुख टेड्रोसले सोमबार कोरोनाभाइरसको अफवाह फैलाएर चीनसँगको व्यापार र यातायातमा हस्तक्षेप गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका हुन् ।

 

“आ-आफ्नो मुलुकमा भएको संक्रमण र क्षतिका आधारमा निर्णय लिएर कार्यन्वयन गर्दा हुन्छ” विश्व स्वास्थ्य संकट घोषणा गरेपछिको पहिलो डब्ल्यूएचओको कार्यकारी बोर्डमा प्रमुख टेड्रोसले भनेका छन् ।

 

 चीनबाहिर २६ देशमा फैलिएको कोरोनबाट १८५ जना संक्रमित भएको बताइएको छ।

 

कुन देशमा कति संक्रमित?

 

१. चीनः ४२३ मृत्यु, २० हजार ४३८ संक्रमित
२. अस्ट्रेलियाः १२ संक्रमित
३. कम्बोडियाः १ संक्रमित
४. क्यानडाः ४ संक्रमित
५. फिनल्यान्डः १ संक्रमित
६. फ्रान्सः ६ संक्रमित
७. जर्मनीः ११ संक्रमित
८. हङकङः १५ संक्रमित , १ को मृत्यु
९. भारतः ३ संक्रमित
१०. इटालीः २ संक्रमित
११. जापान २० संक्रमित
१२. मकाउः १० संक्रमित
१३. मलेसियाः ८ संक्रमित
१४. नेपालः १ संक्रमित
१५. फिलिपिन्सः २ संक्रमित एकको मृत्यु
१६. रुसः २ संक्रमित
१७. सिंगापुरः १८ संक्रमित
१८. दक्षिण कोरियाः १५ संक्रमित
१९. स्पेनः १ संक्रमित
२०. श्रीलंकाः १ संक्रमित
२१. स्वीडेनः १ संक्रमित
२२. ताइवानः १० संक्रमित
२३. थाइल्यान्डः १९ संक्रमित
२४. यूएइः ५ संक्रमित
२५. वेलायतः २ संक्रमित
२६. अमेरिकाः ११ संक्रमित
२७. भियतनामः ८ संक्रमित सीएनएन