MENU

न्युजिल्याण्ड नेपाल सोसाइटीले मनायो रजत महोत्सव (फोटो फिचर)

New Zealand Nepal Society
New Zealand Nepal Society (NZNS) Inc. celebrated its 25th anniversary on 25th July 2020 in Auckland.

अकल्याण्ड । न्युजिल्याण्ड नेपाल सोसाइटीले स्थापनाको २५ औ बार्षिकउत्सव मनाएको छ । गएको २५ जुलाईमा अकल्याण्ड सहरका मेयर फिल गोफले रजत महोत्सव समारोहको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै मेयर फिल गोफलले न्युजिल्याण्डमा नेपाली संस्कृति र भाषालाई जीवन्त राख्न नेपाली समुदायकोे प्रयासको सराहना गरेका थिए । “तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेकाले मात्रै भन्दा पनि त्यस पश्चात् हिलारीले नेपाल र नेपालीसँग कायम राखेको निकटताले न्युजिल्याण्ड र नेपालबीच पृथक एवं आत्मीय सम्बन्ध रहेको छ” मेयर फिलले बताए ।

हाल अस्ट्रेलियाको मेलवर्न निवासि जोग प्रसाद लिम्बूको अध्यक्षता र सर एडमन्ड हिलारीको संरक्षणमा इस्वी १९९५ मा स्थापित यो संस्था न्युजिल्याण्डको सबैभन्दा पुरानो र क्रियाशील सामुदायिक संस्था हो ।

सोसाइटीको रजत महोत्सव समारोहमा अन्य अतिथिहरु न्युजिल्याण्डका सासंदहरु मेलिसा ली, प्रियांका राधाकृष्णन, डा. परमजीत परमार तथा नेपालका लागि कन्सुलर पिटर गिब्सले आफ्नो शुभकामना मन्तब्य राखेका थिए । उनीहरूले दुई देशबीचको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन तथा न्युजिल्यान्डको साँस्कृतिक विविधतामा नेपालको पनि उल्लेख्य स्थान रहेको बिचार व्यक्त गरेका थिए ।

सर एडमन्ड हिलारी निधनपछि सोसाइटीको संरक्षकको भूमिकामा रहेकी लेडी जून हिलारीले न्युजिल्याण्डमा नेपाली समुदायलाई अभिभावकत्व प्रदान गरेकोमा विशेष समारोहमा सम्मान गरिएको थियो ।

Lady June Hillary
Lady June Hillary, the current Patron of the Society was honoured in a special ceremony for providing guardianship to the Nepalese community in New Zealand.

प्रमुख अतिथि फिल गोफ, संरक्षक जुन हिलारी तथा संस्थाका अध्यक्ष डा.सन्तोष भण्डारीले भूतपूर्व कार्यकारी पदाधिकारी एवं सदस्यहरूलाई उहाँहरुको योगदानका लागि प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा भर्खरै जस्टिस अफ पिसको रुपमा नियुक्ति पाएका पूव अध्यक्ष दिनश खड्कालाई बधाई दिईएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा भण्डारीले सम्पूर्ण सहभागीहरुलाई स्वातग गरेका थिए भने मुना ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन । कार्यक्रममा १५० भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको थियो ।