MENU

पर्थका दुईवटा नेपाली भाषा विद्यालयमा कक्षा संचालन

Perth Nepali Language School
पर्थमा संचालित नेपाली विद्यालयको कक्षामा भाषा सिक्दै बालबालिका ।

पर्थ, पश्चिम अस्ट्रलियाको पर्थ शहरका दुइवटा नेपाली भाषा पाठशालामा प्रत्येक्ष रुपमा नेपाली पढाउन थालिएको छ ।

कोरोना भइरसका कारण अनलाइनमा मात्रा संचालित यी विद्यालयहरुले गएको शनिवार १३ जुन देखि प्रत्येक्ष (फेस टु फेस ) कक्षा शुरु गरका हुन् ।

नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रलिया (नावा) ले वेल्मल्टन स्पोर्ट एण्ड रिक्रियसन सेन्टर र साउथ लेकमा रहेको कम्युनिटी सेन्टरमा यी कक्षाहरु संचालन गरिरहेको छ ।

नावा अध्यक्ष डा मणी पनेरुका अनुसार हरेक शनिवार ४ बजे देखि ६ बजे सम्म नेपाली भाषा कक्षा संचालन भैरहेको छ । अध्यक्ष पनेरु भन्छन् , “प्रवासमा नेपाली भाषा, कला संकृतिलाई संरक्षण गर्ने प्रयास अनुसार कक्षा संचालन भैरहेको छ ।”  विद्यनलयको दुईवटा शाखामा १०० जना भन्दा बढी बालबालिकाहरु नियमित रुपमा नेपाली पढ्दै छन् ।

नेपाली भाषा पढ्न चाहने ले विद्यालयलाई बार्षिक १०० डलर शुल्क तिर्नु पर्छ । नविन भण्डारी प्रिन्सिपल रहेको विद्यालयमा अन्य ५ जना शिक्षहरु छन् ।

करिव पाँच हजार नेपाली जनसंख्या रहेको पश्चिम अस्ट्रेलियाका अन्य सहरहरुमा पनि भाषा कक्षा संचालन गर्ने योजना रहेको पनेरु बाउछन् ।