MENU

पर्थका १७ जना विद्यार्थीलाई आवास सुबिधा, १५० ले पाए राहत

Perth city Photo: Rishi Acharya

पर्थ । कोरोना भाइरस प्रभावित पर्थका नेपाली विद्यार्थीहरुले आवास सुबिधा र राहत पाएका छन् ।

गैर आवासीय नेपाली संघ वेस्टर्न अस्ट्रेलिया राज्य समिति, नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर र वी केयर नेपालको सहकार्यमा यहाँका १७ जना विद्यार्थीहरुलाई आवास सुविधा उपलब्ध गराईएको हो ।

पर्थका एक सय ५० जना भन्दा बढी विद्यार्थीले अत्यावश्यक ग्रोसरी सहितको एक महिनालाई पुग्ने राहत पाएको नावाका अध्यक्ष डा मणी पनेरुले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

डा पनेरुका अनुसार पश्चिम अस्ट्रेलियाका सामुदायिक संस्थाहरुको सहभागितामा एक्सन टिम बनाएर आर्थिक सहयोग संकलन तथा राहत वितरण कार्यक्रम संचालन भैरहेको छ ।

मुलत हस्पिटालिटी, क्लिनिङ र हाउस्किपिङ जस्ता क्षेत्रबाट काम गुमाएका बिद्यार्थीहरु बढी मर्कामा परेेका छन् ।

एन आर एन पश्चिम अस्ट्रेलियाका संयोजक कृष्णमान श्रेष्ठका अनुसार जागिर गुमाएका, भर्खरै नेपालबाट आएकेले जागिर नै शुरु नगरेका विद्यार्थीहरु घर भाडा र पढाइ खर्च कसरी जुटाउने भन्ने बारेमा चिन्तित हुने गरेको बताए ।

श्रेष्ठका अनुसार अफ्टेरोमा परेका विद्यार्थीहरुलाई तिनवाट घर भाडामा लिएर राखिएको छ । अर्थ संकलन र राहत वितरण अझै जारी छ ।