MENU

पहिलोपटक नेपाली सेनाका दुई जवानमा पनि कोरोना संक्रमण पुष्टि

नेपाली सेनाका दुई जवानमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष सेनाका जवान भएको खुलासा भएको हो।

शनिबार भेटिएका महोत्तरी र काभ्रेका दुई संक्रमित सेनाका जवान भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे।

उनले उनीहरु मध्यपूर्वी पृतनामा कार्यरत रहेको र उनीहरुसँग सम्पर्कमा भएकाको खोजी कार्य सुरु भएको जानकारी दिए।

यसअघि शनिबार नै जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा पनि कोरोना देखिएको थियो।

यसअघि नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ३ र एक जना राष्ट्रिय अनुसन्धानका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

बुधबार कपिलवस्तुमा मात्रै ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।